गजल- उनकाे सम्झनामा

Share it with you friends

– राजाराम डगाेँल

मनको ब्यथा टालटुल पारी सिलाएर गइन

अदृश्य प्रेमको नसा मलाइ पिलाएर गइन।।

तिम्रै वरिपरी बस्छु भन्थी जुनि- जुनि

जैले पनि तर खै केमा मलाई बिष पिलाएर गइन ।।

बाचेको थिए अतितहरु भुल्दै भुल्दै मैले पनि

आज ती सारा अतीतहरु बिलाएर गइन।।

सानो चोट लाग्दा पनि मलाइ डाको छोडी रुने मान्छे

खै कसरि आज बिष मलाई पिलाएर गइ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *