गजल – उराठ लाग्दाे जीवन

Share it with you friends

– राजाराम डगाेँल

जता हेर्छु उतै भताभुङ्ग , सोच्नै बाध्य बनाएको

सारा स्वार्थी सन्सारमा उराठ लाग्दो बनाएको ।।

विश्वाश गर्नै गाह्रो हुने बनावटी बाहानाको

पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको ।।

अतीत यो बल्झीदिन्छ नचाहेरै घरीघरी

भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको।।

कहिले एता कहिले उता नौटङ्की पाे किन गर्छौ

चाहाना भन्दा बाहाना बढी डुल्दै हिड्ने डुलुवाको ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *