गजल – भाग्य

Share it with you friends

– अदिति अर्याल ज्ञवाली

हाँस्छु भन्छु आँसु मात्रै झर्छ किन होला ?
आवश्यकता खुशी बिना टर्छ किन होला ?

आफ्नो सोची सबैलाई विश्वास गर्दा पनि,
जसले पनि मलाई घात गर्छ किन होला ?

भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिँदैन,
मेरो मात्रै भागमा यस्तै पर्छ किन होला ?

मेरो दिन आजभोलि खराब चलेर पो हो कि,
मनको रहर मनभित्रै मर्छ किन होला ?

आफ्नै भन्ने चीजको पनि भर लाग्दैन अचेल,
बायाँ भा’को मुटु दायाँ सर्छ किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *