गजल

Share it with you friends

-कल्पना (प्रसाई) पाठक

सावन झैं यी नयन जब टिलपिल हुन्छ
तिम्रा यादहरु संग जिउन मुस्किल हुन्छ ।।

जिवन भरीलाई पुग्ने मिठा पल थिए हाम्रा
तिमी बिना एक्लै जिउन साह्रै जटिल हुन्छ ।।

नलगाउ बचन पराईले झैं तिमी पनि अब
त्यहि बचन मुटु भित्र गाढिने खिल हुन्छ ।।

आफ्नै मान्छे बाट धोका खाए पछि यहॉ
ऑखै अघि मॉयाको कर तिरेको बिल हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *