गजल
– कल्पना (प्रसाई) पाठक
टिप्न नपाई ओईलिएर फूल झर्छ किन
बुझ्नै नपाई जिवन त्यसै त्यसै मर्छ किन ।।
सपना र रहर बिचको दोधारमा भए आज
बुझ्नौ गाह्रो हुदा खुसी अधुरो मै टर्छ किन ।।
यो मनको मझेरीमा समयले चोट दिदा
आफन्तले नै तिर घोची खुसी सबै हर्छ किन ।।
सोचाई भन्दा भोगाई नै जिवन भन्ने ठानी रहें
आसुले नै मेरै मात्र गह सधैं भिज्छ किन ।।
पिरतीमा यति धेरै समर्पण गर्दा पनि
बारबार नियतिको बज्रपात पर्छ किन ।।
