गल्छि गाउपालिका–४ कार्कीडाँडामा रहेको किराञ्चोक कार्किडाँडा मा.वि. मा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Share it with you friends

१५ भदौ २०७६, आईतबार,

धादिङ– भगवान भण्डारी,

गल्छि गाउपालिका–४ कार्कीडाँडामा रहेको श्री किराञ्चोक कार्किडाँडा माध्यामिक विद्यालयमा आईतबार कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान, कक्षा ११ का विद्यार्थीहरुलाई सम्मान स्वागत एवम् तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले नै आयोजना गरेको सो कार्यक्रमको सभापतित्वको भुमिका सोही विद्यालयका प्रधानाध्यापक भजुराम के.सी ले गर्नुभएको थियो ।

कक्षा १२ उत्तीर्ण भएका २४ जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित खादा लगाई सम्मान एवम् बिदाई गरिएको छ भने नयाँ शैक्षिक शत्रका लागी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको शिक्षक सन्तोष खतिवडाले देशबिकाश डटकमलाई जानकारी दिनुभयो ।

त्यसैगरी कार्कीडाँडा मा.वि.बाटै एसईई उत्तीर्ण गरी बानेश्वरको नोबेल एकेडेमीमा कक्षा १२ मा अध्ययन गरी नेपाल टप गरेकी ईश्वरी अधिकारी पनि खादा लगाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । अधिकारीले ३.९२ जिपिए ल्याएर कक्षा १२ मा नेपाल टप गरेकी हुन् ।

त्यस्तै भव्यताका साथ तिज विशेष सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तिजको दर खाने दिनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मौलिक तिजका गीतहरुमा नाचगानका साथ मनोरञ्जन प्रदान गरेका थिए भने विद्यार्थीहरुले आफूमा भएको विभिन्न किसिमका प्रतिभाहरु समेत प्रस्फोटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *