१४ भदौ २०७६, शनिबार,
भगवान भण्डारी।
धादिङ्को गल्छि –४ मा रहेको किराञ्चोक कार्कीडाँडा माध्यामिक विद्यालयले शुक्रबार विद्यालय हाता वरपर सरसफाई एवम् फूलको विरुवा रोपेको छ । विद्यालय वरपरको वातावरण सधै स्वच्छ, सफा र रमणीय बनाउनुपर्दछ भन्ने उद्धेश्यका साथ सरसफाई र फूलको बगैचा निर्माण कार्यमा विद्यालयका शिक्षक र विद्यार्थीहरु लागिपरेको सोही विद्यालयका शिक्षक सन्तोष खतिवडाले जानकारी दिनुभयो । रोपिएका फूलहरु संरक्षण गर्न र विद्यालयको वातावरण सफा राख्न विद्यार्थीहरुले चासो राखेका छन् । कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा करिव ४०० विद्यार्थीहरु अध्यनरत छन् ।

शैक्षिक अवस्था पनि उत्कृष्ट रहेको यस सामुदायिक विद्यालयले कक्षा १२ को नतिजा तर्फ यो वर्ष गल्छि गाउपालिकाको सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट स्थान हासिल गरेको छ । पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरु समेत यस विद्यालयले सञ्चालन गर्दै आईरहेको छ ।








