गल्छि ६ वैरेनी, महेशदोभान बाट चोरी गरी फरार भएका व्यक्ती पक्राउ
साउन १८, २०७६, धादिङ्ग
भगवान भण्डारी–
धादिङ्गको गल्छि गाउपालिका वडा नं. ६ वैरेनी, महेशदोभानमा बस्ने बिन्दा श्रेष्ठ नामले चिनिने हरिमाया श्रेष्ठको घरबाट चोरी गरी फरार भएका एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । यहि साउन १२ गते निजको कोठाभित्र पसी दराज फुटाएर नगद रु १ लाख र सुनचाँदीका गरगहना चोरी गरी फरार भएका मोरङ्ग जिल्ला उर्लाबारी नगरपालिका ९ मा बस्ने २३ वर्षिय दिपेन्द« खड्कालाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बैरेनी बाट खटिएको टोलीले साउन १६ गते ललितपुर जिल्ला गोदावरी १४ लोखेटोल बाट पक्राउ गरेको हो ।
चोरी गरी फरार भएका खड्काले लोखेटोलमा लुकाईराखेको अवस्थामा सुनचादीको गर गहना सुनको ईन्डियन मंगल सुत्र, रातो पथ्थर भएको औठी , कानको झुम्का १ जोर समेत अं. ३ तोला वरावरको सुनको, चादीको पाउजु १ जोर, बाला, सिक्री समेत ५ तोला वरावरको चादकिो गर गहना, चोरी भएको मध्ये रु ३६,५००।– नगद र हात्तीको पुच्छर जस्तो देखिने चादी भएको बाला तथा MI कम्पनीको मोडल M1808D2TG भएको सिमकार्ड नभएको नयाँ मोवाईल सहित फेला पारी बरामद गरिएको हो ।
चोरीमा संलग्न खड्कालाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
