देश विकास

विकास पत्रकारिता

गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

Share it with you friends

धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले खेलाडीहरूलाई तेक्वान्दोका विभिन्न खेल सामग्री हस्तान्तरण गर्नुभयो।कार्यक्रममा गाउँपालिका बालमैत्री सहजकर्ता बिपिन मल्ल, छाङ्गेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पेशल श्रेष्ठ, खेलाडीका अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको जनाएको छ। सहभागीहरूले खेलाडीहरूको आवश्यकता पहिचान गरी गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले खेलाडीहरूलाई नियमित प्रशिक्षण र विभिन्न प्रतियोगितामा थप उत्साहका साथ सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts