गाँउपालिकाले संचालनमा ल्यायो टोल फ्री नम्बर ।

भरत रेग्मी धादिङ मंसिर २३ । धादिङको थाक्रे गाँउपालिकाले पैसा नलाग्ने निशुल्क टेलीफोन नम्बर संचालनमा ल्याएको छ । गाँउपालिकाले गाउपालिका बाट प्रदान गरिएका सेवा सुविधा , पालिका भित्र घटेका विभिन्न घटना तथा लैङगीक हिँसाका का साथै समुदाय तथा कार्यक्षेत्रमा हुने भष्ट्राचार,जनगुनासो उजुरी तथा विभिन्न घटना हरुको सुचना एबम जानकारी गाउपालिकालाई उपलब्ध गराउन गाउपालिकाले आज बाट पैसा नलाग्ने टेलिफोन नंम्बर ( टोल फ्री नम्बर ) संचालनमा ल्याएको हो ।

अन्तराष्ट्रिय भष्ट्राचार विरुद्धको दिवशको अवसरमा आज एक कार्यक्रम मार्फत गाउपाललिका अध्यक्ष रामकुमार आचार्यले पोष्टर टाँसेर टोल फ्री नम्बरको उद्धघाटन गर्नु भयो ।
पैसा नलाग्ने निशुल्क टेलिफोन नं. १६६०१०५२००१ को उद्धघाटन गर्दै अध्यक्ष आचार्यले गाउ समाजमा घटेका घटना तथा गाउपालिका संग सम्वन्धित रहेका विषयबस्तुको बारेमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
