गोरखनाथ कल्याण केन्द्रद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र छात्रवृती प्रदान
धार्के , ७ जेठ। गोरखनाथ कल्याण केन्द्र नेपालले आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।
केन्द्रले धादिङ जिल्लाकाे धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको हाे ।
विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई गोरखनाथ कल्याण केन्द्र नेपालका सँरक्षक अनन्त प्रसाद खनालकोे हातबाट छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरिएको हाे ।

छात्रवृती रकम सहित शैक्षिक सामाग्री पाउनेहरुमा सन्जीब तामाङ, प्रज्वल तामाङ, रमिला बि.क., रुपा खतिवडा र लक्ष्मी बानियाँ रहेका छन् । उनिहरुलाई कापी, कलम, पेन्सिल, डिस्नरी, स्कुल ब्याग सहित कक्षा ८ मा अध्ययनरत सन्जिव तामाङलाई एक हजार पाँच सय रुपैँया र अन्य ४ जनालाई ५/५ सय रुपैँया प्रदान गरिएको गोरखनाथ कल्याण केन्द्र नेपाल धार्केका अध्यक्ष अर्जुन रेग्मीले बताए ।
