गोरेको बयान भोली पनि, ‘प्रहरी हिरासतमा असुरक्षित’

Share it with you friends

बुधबार, ९ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गोरेको जिल्ला अदातल मोरङमा बयान लिने क्रम सुरु भएको छ ।

बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म गोरेको बयान लिएको हो ।

उनीमाथि बिहीवार पनि बयान लिइने छ ।

गोरेले जिल्ला प्रहरी कार्यालयको हिरासतमा आफू असुरक्षित रहेको र ज्यानमार्ने धम्की आएको भन्दै बुधबारै मानवअधिकारकर्मीको निगरानीमा बस्न पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।

अदातलले सुरक्षा व्यवस्था कडा पार्न भन्दै जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *