ग्यास्ट्रिक नियन्त्रणकाे अचुक उपाय मेथी

Share it with you friends

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । मेथीलाई हामी भान्छामा नभइनहुने मसलाकाे रूपमा पनि प्रयाेग गर्छाै । मेथीलाई तेलमा फुराएर अचार, तरकारीमा प्रयोग गर्छाैं । अझ तोरीको तेलमा पुराएर कपालमा लगाउँदा कपाल राम्रो हुनेगर्छ । त्यस्तै मेथी फुराएको तेल शरीरमा लगाउँदा चिसोबाट बच्न सकिन्छ भन्ने मान्यता छ ।

त्यस्तै यसलाई राती भिजाएर बिहान खाली पेटमा चपाएर खाने र यसको पानी पनि पिउने गर्नाले ग्यास्ट्रिक नियन्त्रणका लागि अचुक उपाय हुने अध्ययनले देखाएको छ । मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ ।

जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ । भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ जसले हाम्रो शरीरलाई निकै फाइदा पुर्‍याउँछ ।

  • Related Posts

    एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया

    काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष…

    किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने

    धादिङ । धादिङ जिल्लाका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाइने भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते