चितवन मेडिकल कलेजले एक करोड ५० लाख तिरेन

Share it with you friends

चितवन  । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ ।

भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने बक्यौता रकममध्ये महालेखा परीक्षकको कार्यालयले प्रचलित ऐनबमोजिम औँल्याएको बेरुजु रु ६७ लाख र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको बक्यौता रकमसमेत गरी करिब रु एक करोड ५० लाख भन्दा बढी बक्यौता देखिएको बताउनुभयो ।

विसं २०५२ सालमा नेपाल सरकारसँग सम्झौता गरी भरतपुर अस्पतालको नौ बिगाहा जग्गा भाडामा लिएर भारतीयले मेडिकल कलेज सञ्चालन गरेका छन् । शुरुवातको समयमा प्रतिबिगाहा प्रतिवर्ष ५० हजार भाडा दिने सम्झौता भएको थियो ।

सम्झौताको समयमा पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने शर्त रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । तर विसं २०६३ सालमा तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष बद्री तिमिल्सिना १० प्रतिशत वृद्धि हुने प्रावधान खारेज गर्नुभएको उहाँले बताउनुभयो ।

यसबाट अस्पताललाई ठूलो आर्थिक क्षति भएको छ, अध्यक्ष राजभण्डारीले भन्नुभयो – ‘यो निर्णय अस्पतालकै इतिहासमा घातक र हानिकारक भएको छ ।’

पुरानो सम्झौतालाई पुनरावलोकन गर्न अस्पतालले पटकपटक आग्रह गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताउनुभयो । उहाँले सम्झौता पुनरावलोकन नभएसम्म मेडिकल कलेजलाई अस्पतालमा प्रयोगात्मक कक्षा पनि नदिइएको बताउनुभयो ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले २०६३ मा सम्झौता संशोधन नभएको भए अहिले अस्पतालले प्रतिबिगाहा वार्षिक रु दुई लाख २५ हजार पाउन सक्ने बताउनुभयो । अस्पतालले पाउनु पर्ने रकम मेडिकल कलेजले नियमित रुपमा तिर्नुपर्ने आफ्नो त्यतिबेलाको अडान कायमै रहेको उहाँले बताउनुभयो । रासस

  • Related Posts

    असार १ देखि एसईईको पूरक परीक्षा

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ…

    व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी थाक्रे गाउँपालिकाको सूचना

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 5 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 5 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 3 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन