चितामा हालिसकेको शव प्रहरी नियन्त्रणमा

Share it with you friends

जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् ।कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया–५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । श्रीमान् विजय साह भने फरार छन् ।

साहले हत्यापछि श्रीमतीका आफन्तलाई समेत प्रलोभनमा पारेको एसपी पोखरेलले बताए । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सोमबार राति साह र श्रीमती राजकुुमारीबीच झगडा भएको थियो । साहले स्थानीय कटहरिया बजारमा लोकल रक्सी र मासुको पसल राखेका छन् । उनले मदिरा खाएको विषयमा राति ९ बजेपछि श्रीमान् श्रीमतीको झगडा परेको थियो ।

मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । घाटछेउबाट दुई बोतल पेट्रोल र पाँच केजी चिनी पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

मृतकका कोही पनि आफन्त किटानी जाहेरी दिन नआएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चिताबाट उठाएर लगेको शव फिर्ता माग्दै जिल्ला प्रहरी कार्यालय गौर पुगेका रामप्रवेश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनी विजयका भाइ हुन् । शव जिल्ला अस्पताल गौरको शवगृहमा राखिएको छ ।  साह र राजकुमारी देवीको १० वर्ष पहिला विवाह भएको थियो । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा