चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने

Share it with you friends

२५ असोज २०७६, शनिबार ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाण्डौ आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्कनुहुनेछ ।

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सोझै काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला तीन घण्टा कुनै पनि आन्तरिक र अन्तर्रा्ष्ट्रिय व्यावसायिक उडान तथा अवतरण हुने छैनन ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ । राष्ट्रपति सी आउने बेला ३ घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

राष्ट्रपति सी आउने दिन शनिबार दिउँसो ३ बजेदेखि नै विमानस्थलमा अन्य उडान र अवतरण ठप्प हुने छ । राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् ।

यस्तै फर्कने दिन आइतबार बिहान ११ बजेदेखि नै विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । ११ बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।

विमानस्थल कार्यालयले अहिलेसम्म उडान र अवतरण प्रभावित हुने सूचना सार्वजनिक गरिनसके पनि साँझसम्ममा यसको तालिका पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ तर निजी विमान कम्पनीहरूले भने त्रिभुवन विमानस्थलबाट शनिबार र आइतबार उडान र अवतरण प्रभावित हुने सूचना जारी गरिसकेका छन् ।

दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 7 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 10 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु