चीन गएका माधव नेपाल स्वदेश फिर्ता

Share it with you friends

काठमाडौं, २८ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् ।

सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्केको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।

चार दिनसम्म चीन रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरेको सचिव रिजालले बताए ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राखेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *