काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ ।
अघिल्लो हप्तादेखि बद्लिएको मौसम र घरी घरी मेघगर्जनसहित हुने वर्षाले विहान बेलुका मात्रै होइन, दिउँसोको समयमा पनि आच्छु आच्छु पारेको छ ।
काठमाडौंसहित अन्य केही ठाउँमा आज पनि पानी परेको छ । यसले गर्दा देशका धेरै ठाउँको मौसम चिसो भएको छ । पूर्वी क्षेत्रमा बेलुकी र रातको समयमा अझै पानी पर्ने मौसमविद्को अनुमान छ ।
चैतको अन्तिममा आइपुग्दा समेत किन जाडो त ? मौसमविद् भन्छन् : “गएको हप्तादेखि राम्रोसँग घाम लाग्न पाएको छैन यसले गर्दा जमिन चिसो भएको छ । घाम नलाग्दा जमिन आसपासमा बहने हावा पनि चिसो भएको छ, त्यसैले जाडो भएको हो ।”
मौसमविद् राजु प्रधानांगका अनुसार देशका धेरै भेगको मौसम अझै २/३ यस्तै रहने छ ।

चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply