चैते दशैंकाे राँगोले ज्यान लियो
वाग्लुङ । वाग्लुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका – ६ मा भिरबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ ।
बिहान ६ बजेतिर स्थानीय छापडाँडा भन्ने ठाउँबाट राँगो लिएर तमानखोलाको भित्रिवनतर्फ फर्कने क्रममा राँगाले धकेल्दा ६५ वर्षीय टेकलाल विकको लडेर ज्यान गएको हो ।
अन्य साथीसहित चैते दशैं मनाउने भन्दै राँगा किनेर लैजाने क्रममा राँगाले धकेलेर भिरबाट खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय कुमार विकले जानकारी दिनुभयो ।
तमानखोलाको भित्रिवन जाने बाटोमा अग्ला भिर र जङ्गल छ । अप्ठ्यारो साँघुरो सडक भएकाले घटना भएको र उद्धार गर्ने अवस्था नै नभएको विकले बताए ।
