चोरेकै भरमा काठमाडौंमा घर-गाडी: चोर श्रीमान छुटाउन जाँदा श्रीमती पनि पक्राउ

Share it with you friends

काठमाडौँ  । चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ – केही दिन, केही महिना वा केही वर्ष ।

तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।

तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् ।

काभ्रेपलान्चोक घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ ।

पाकेट मारेकै भरमा उनले करोडौंको सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ । तर, पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसमा यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 4 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 7 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो