जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय, शपथको तयारी

Share it with you friends

जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी उनीहरुले गरेका हुन्।

‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौ। त्यसमा प्रधानमन्त्री सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ।’ तर,राजनीतिक घटनाक्रम छिटोछिटो विकसित भएकाले सोमबार बेलुकासमेत शपथ हुन सक्ने अर्का एक सांसदले बताए।

अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए। महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तव रहेका छन्।

‘प्रधानमन्त्री ज्यूले उदारपूर्वक जसपाका माग मुद्दा सम्बोधन गर्नुभएको छ। संविधान संशोधन संशोधनका लागि कार्यदल बनाउनु भएको छ। नगरिकता विधेक पास भएको छ। मधेस आन्दोलनका मुद्दा फिर्ता भएका छन्। कतिपय फिर्ताको प्रक्रियामा छन्। रेशम चौधरी हप्तादिनभित्रै छुट्ने तयारीमा हुनुहुन्छ’ महन्थ–राजेन्द्रपक्षका ति सासंसदले भने,‘जसपाका अधिकाश माग र मुद्दा सम्बोधन भइसकेकाले सरकारमा जान जसपालाई कुनै समस्या छैन।’

तर अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको छ। शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते