जहाँ कुकुरहरु पनि करोडौंका मालिक छन्

Share it with you friends

एजेन्सी, २७ चैत । गुजरातको मेहेसाना जिल्लास्थित पन्चोट गाउँ पशु सेवाको लागि चर्चित छ । त्यस गाउँका प्रत्येक कुकुरहरु एक करोडका मालिक छन् ।

त्यस गाउँमा जमिनको पहरेदारी गर्ने कुकुरको वार्षिक कमाई करोड रुपैयाँ बराबर छ । गएको एक दशक यता राधनपुरको मेहसाना बाइपास बनेको कारणले त्यहाँको जमिनको मूल्य तिब्ररुपमा बढेको छ । जसको फाइदा अहिले त्यहाँका कुकुरले उठाइरहेका छन् ।

पञ्चोट गाउँमा ‘माध नि पाटी कुटरिया’ नामको एउटा कोष छ । उक्त कोषमा २१ बिघा जमिन छ । बाइपासस्थित त्यस जमिनको मूल्य लगभग तीन करोड पचाँस लाख भारतीय रुपयाँ पर्न जान्छ ।

ती जमिनहरु कुकुरको नाममा नभए पनि त्यसको आयको अलग हिस्सा कुकुरहरुको लागि राखिएको छ ।

एक मिडिया रिपोर्टको अनुसार उक्त कोषमा करिब ७० कुकुर छन् र तिनीहरु सबैको नाममा एक एक करोड रुपयाँ छ । कोषका अध्यक्ष छगनभाई पटेलका अनुसार गाउँमा जनावरहरुप्रतिको प्रेम भावको इतिहास एकदमै लामो छ ।

अध्यक्ष पटेलका अनुसार कोषको सुरुवात गाउँकै धनी मानिसहरुले जमिनको टुक्रा दान गर्ने परम्पराबाट सुरु भएको हो ।

गाउँका पञ्चायत काँताबैनका श्रीमान् दशरथ पटेलका अनुसार ६० वर्ष अघि गाउँका कुकुरहरुका लागि शिरा बनाउने पहलमा आफु पनि उनी पनि संलग्न भएका थिए ।

त्यतिबेला गाउँमा कुकुरहरुको खानाका लागि रोट्ला बनाउन १५ जना मानिसहरुले बिना तलब सेवा दिएका थिए । साथै, आटावालाले पनि बिना पैसा सेवा गरेका थिए ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते