जुवा तास तथा मदिरा मुक्त थाक्रेको परिकल्पना ः रामकुमार आचार्य ।

Share it with you friends


धादिङ असोज २६ । नेपालीहरुको महान चाड बडा दशैँ , शुभ दिपावली , नेपाल सम्बत तथा छठ पर्वको अवसरमा धादिङको थाक्रे गाँउपालिकाले शुभकामना आदान प्रदान तथा जुवा तास मादक पदार्थ सेवन र कुलत विरुद्ध अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।
थाक्रे गाँउपालिकाको महादेवबेसीमा सम्पन्न भएको कार्यक्रममा थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, थाक्रे गाउपालिकामा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै थाक्रे गाँउपालिकाका अध्यक्ष राम कुमार आचार्यले जुवातास तथा मदिरामुलक थाक्रेको परिकल्पना मा आफुहरु लागि परेको र यस अभियानमा सघाउन सबैलाई अनुरोध समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *