डेढ करोडको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ
काठमाडौं, १ बैशाख । अवैध रुपमा नेपाल भित्र्याउन लागिएको डेढ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।
दुबईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ बाहक २० वर्षीय राकेश पादीगेला र पि ६८९६३१५ वाहक २७ वर्षीय सन्ताषे गाउड कुदारवारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ केजी ८ सय ३० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । उक्त सुनको नेपाली बजार मूल्य अनुसार १ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
