तपाईलाई थाहा छ ? फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

Share it with you friends

काठमाडौं । फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन ।

२०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ ।

 

फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको छ ।

अब फेसबुकका प्रमुख मार्क जुकरबर्ग पनि प्रश्नको घेरामा आएका छन् ।

जब रुसले फेसबुकको प्रयोग गरेर २०१६ को अमेरिकी चुनाव प्रभावित गरेको आरोप लागेको थियो, त्यसबेला मार्क जुकरबर्गले यसलाई ‘पागल’ कुरा बताएका थिए ।
तर, केही महिनापछि उनले फेसबुकमा भाइरल हुने गरेको गलत खबर रोक्ने उपायको घोषणा गरे ।

यस पटक च्यानल ‘४ न्यूज’को अन्डरकभर रिपोर्टिङ र द न्यूयोर्क टाइम्सको खबरमा प्रतिक्रिया दिँदै उनले भनेका छन् कि लाखौं डेटा जम्मा गरेर थर्ड पार्टीलाई दिएको छ । तर, यो डेटा उल्लंघनको दायरामा आउँदैन ।

फुसबुक र क्याम्ब्रिज एनालिटिका दुबैले कुनै पनि प्रकारको गडबडी र नियम उल्लंघन अस्वीकार गरेका छन् । यदि यो डेटा सुरक्षा उल्लंघन होइन र यो कम्पनीको चिन्ताको विषय होइन भने दुई अर्ब फेसबुक युजर्सका लागि चिन्ताको विषय हो ।

फेसबुकले अप्रत्यासित रुपमा कमाई गरेका छन् र जुकरबर्ग विश्वकै धनी मानिस बनेका छन् । धेरै युजरलाई यो थाहा छैन कि सोसल मिडिया कम्पनी उनको बारेमा कति जानकारी राख्छन् । फेसबुकको बिजनेस मोडल उसको डाटाको गुणस्तरमा आधारित हुन्छ । फेसबुकले डाटा विज्ञापनदातालाई बेच्छ ।

विज्ञापनदाताले स्मार्ट म्यासेजिङको माध्यमबाट प्रभावित पार्छ र आफ्नो सामान बेच्न खोज्छ ।

द टाइम्स लेख्छ, ‘अहिले जे भइरहेको छ, त्यो यसकारण हो कि फेसबुकले सामान मात्र होइन, राजनीति पनि बेचिरहेको छ ।हाम्रो सोचलाई प्रभावित पार्न स्मार्ट म्यासेजिङको प्रयोग गर्न चाहन्छन् ताकि हामीले कुनै खास उम्मेदवारलाई मत दिऔं । उनीहरुले यसको प्रयोग आम सहमतिलाई कमजोर बनाउन र सत्यलाई लुकाउन पनि प्रयोग गर्ने गरेका छन् ।’

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा