Breaking Newsराष्ट्रिय समाचार

तारा एयरको विमान जुम्लामा दुर्घटना

Share it with you friends

काठमाडाैं, २६ जेठ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ।

नेपालगञ्ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९-एईभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टायर पञ्चर भएर दुर्घटना भएको हाे ।

चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो। घटनामा मानवीय क्षति भने नभएकाे वताइएकाे छ ।

जहाजमा क्याप्टेन जेके निरौला थिए भने हिक्मत रोकाया कोपाइलट थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *