काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज बुधवार गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मान्यता रहेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…






Leave a Reply