खोटाङ, २४ वैशाख । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ ।
स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।
विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।
सुनकोशी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए ।

तीन बालबालिका नदीमा बेपत्ता भए पछि गाउँ शोकमग्न
Related Posts
-
आज साउन महिनाको पहिलो सोमबार। काठमाडौंको पशुपतिनाथमा श्रद्धालुहरूको बिहानैदेखि भिड छ।साउनमा भगवान् शिवको महिना र सोमबार…
-
मेसी-यामल आलिंगनको सन्देश!
स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका लियोनल मेसीलाई…
-
विश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे विश्वकपको इतिहासमा दुई पटक ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ताको पुरस्कार) जित्ने…
-
स्पेन विश्व च्याम्पियन : अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक फिफा विश्वकप उपाधि
काठमाडौं: फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–०…





Leave a Reply