त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत मंगलबार नेपाल जिम्बाबेसँग भिड्दै
१४ असोज २०७६, मंगलबार ।
सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ। हरेक टिमले एक अर्का्विरुद्ध दुई दुई खेल खेल्ने भएकाले नेपालले जिम्बावेविरुद्ध आज दोस्रो खेल खेल्न लागेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ५ विकेटको हार ब्यहोरेको थियो।
आज जिम्बावेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो बनाउनेछ। साथै नेपालले भोलि सिंगापुरलाई पनि हराउनु पर्नेछ। आइतबार भएको खेलमा नेपालले सिंगापुलाई नौ विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेका थिए। खेल तालिकामा अहिले सबै टिमको दुई–दुई अंक भए पनि नेपाल नेट रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा छ।
