त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’

Share it with you friends

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका थिए ।
थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्यकक्षमा भेटिएका थिए ।

त्यसबारे थापाले जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।
‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’

यसअघि मंगलबार बिहान थापाले सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका थिए ।

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा