थाक्रेका कोरोना संक्रमित भन्छन – “मेरो आत्मविश्वासले मैले कोरोनालाई जित्ने छु र चाडैँ नै नियमित काममा फर्कनेछु ।”
कोरोना भाइरसको महामारीकाे कारण नेपालमा अहिलेसम्म ४४४ जना सक्रंमित रहेकाे पुष्टि भएकाे छ । यसैमध्यका एक हुन थाक्रे गाउँपालिका वडा नम्वर ७ का ४१ बर्षिय युवा । बलम्वुमा रहेकाे शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
थाक्रेका संक्रमित ब्यक्तीसगँ सराेज पाैडेलले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश:
मेरो घर धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा पर्छ । म अहिले ४१ बर्षको भए, मेरो घरमा आमा , श्रीमती, १ छोरा, १ छोरी र १ जना भाई छन् । म बागवजारमा छापाखाना सञ्चालन गर्दै आइरेहको छु । छापाखानामा मेले काम गर्न गर्न थालेको २०६० सालदेखी हो । बिचमा म दुवई पनि गएर आए । त्यसपछि नेपाल फर्किएर छापाखान सञ्चालन गर्न थालेको पनि ७/८ वर्ष भएसकेको छ । नेपालमा कोराना भाईरसको कारण नाकाबन्दी भएपछी म चैत्र ११ गते गाउँ फर्किए । म काठमाण्डौमा आएर वस्न थालेदेखी मेरो गाँउको जग्गा जमिन बाँझाे थियो । यो पटक म गएपछी खनजोत गरे । अलिकती लिचि पनि लगाएको छ , गोडमेल गरे । म खास बिहान बिहान एक्सरसाइज गर्न मन पराउछुँ । बिहान बिहान उडुवादेबी विद्यालयसम्म नियमित मर्निङवाक मा जाने गरेको थिए । त्यहाँको केही स्थानिय साथीहरु र म नियमित मर्निङवाकमा जाने गरेको थियौ ।
काठमाण्डौवाट लगेको खर्चहरु पनि सकिसकेको थियो । बिचमा लकडाउन केही खुकुलो भयो । पैसा राखेको सहकारीमा फोन गरेको थिए, खुल्ला छ आउनुस भने । सरकारको निर्णय अनुसार छापाखानहरु पनि सञ्चालन गर्नदिने भन्ने थियो, मसगँ छापाखानाको कार्ड थियो, त्यही कार्ड देखाएर म वैशाख २८ गते काठमाण्डौ आए । बेलुका नै काठमाण्डौवाट फर्कन्छु भन्ने थियो, तर साथीहरुले बेलुका कुखुरा पोल्ने, रमाइर्लाे गर्ने भन्ने कुरा गरे, त्यसकारण म बसे । भोलीपल्ट धादिङ फर्कन्छु भन्ने थियो, केही क्लाइन्टहरुले फोन गरे, केही काम गर्दिनुस न भने, मैले नाई भन्न सकिन । छापाखानामा काम धेरै भएकाले त्यतै खाने वस्ने गरिरहेको थिए । मेरो डेराचाहिँ २८ नम्वर वडामा पर्छ । दाल, चनाहरु काेठामा त्यतिकै छाडेको थिए । एकपटक डेरामा जान्छु भन्ने लाग्यो । डेरामा जादाँ घरभेटीले हाम्रो वडामा यस्तो निर्णय भएको छ भनेर बाहिर गएर आएको मान्छेले अनिवार्य कोरोना चेक गराउनुपर्छ भन्नुभयो । घरभेटीले त्यसो भन्दा एकपटक चेक चै गराउनुपर्छ भन्ने लाग्यो । घर जादाँ चेक गराएर जानुपर्छ भन्ने सोचे । जेठ २ गते म टेकुमा जचाँउनको लागि पुगे । म मेरो अर्को १ जना साथी र २ जना कामगर्ने केटाहरुसगैँँ म टेकु पुगेको थिए । २ जना काम गर्ने केटाहरुलाई पिसिआर नै चेक नगरी त्यहाँवाट फर्काइदिए । मेरो पनि पिसिआर चेक हुने थिएन । १/२ दिन अघिमात्रै धादिङको गल्छिको एक महिलालाइ कोराना पुष्टि भएको डक्टरलाई थाहा रहेछ । धादिङबाट आउनुभएको भए चेक गराउनुपर्छ भन्नुभयो । अनि हामी २ जना साथीले चेक गरायौ ।
जेठ ५ गते म यस्सै छापाखानामा बसेर अनलाइनमा समाचार हरु पढ्दै थिए । म नियमित जसो कोरोना भाइरससगँ सम्वन्धित समाचारहरु सुन्ने, पढने गरेको छु । सुरुमा मलाई टेकुवाट फोन गर्नुभयो, तपाईको रिपोर्ट मेसेज गर्नुपर्ने ठेगाना क्लियर भएनछ भन्नुभयो । मैले मेरो बारेमा सबै कुरा बताए । त्यसको केहीवेरमा धादिङको सिडियोसाबले फोन गर्नुभयो म छापाखानामा नै थिए । केही बेरमा फेरी टेकुवाट फोन गरेर तपाईको रिपोर्ट पोजेटिभ आएको छ, फेरी चेक गर्नुपर्छ भन्नुभयो । हामी लिन आउँ कि तपाई आफै आउनुहुन्छ भन्नुभयो । मैले म आफै आउछु भनेर साथीको बाइकको पछाडी बसेर म टेकु गए । कुरा क्लियर नभएपनी त्यहाँ नपुग्दै मेरो मनमा मलाई कोराना लागेको मैले बुझिसकेको थिए । मनमा डर त्रास त थियो तर म मा आत्मविश्वास पनि थियो । म नियमित एक्सरसाइज गर्ने, हाइकिङ जाने भएकाले पनि म तन्दुरुस्त नै छु । घरमा चै आत्तिनुहुन्छ होला भनेर मैले ढाटेको थिए । मेरो रिपोर्ट क्लियर भको छैन रे, त्यहा तपायहरुलाई पनि चेक गर्न आउँछहोला नआत्तिनु भने ।
अहिले म वलम्वुमा रहेको शसस्त्र प्रहरीको अस्पतालमा छु । यहाँ आएको पनि ३ दिन भइसकेको छ । विहान ५/६ वजे उठछु, वरपर हिडछुँ दौडन्छु । साढे सात वजेतिरवाट योगा सुरु हुन्छ, आधा घण्टाको लागी, त्यसपछी ब्रेकफास्ट हुन्छ । ११ वजेतिर बिहानको खाना, दिउसो खाजा र बेलुका खाना खाने गरेको छ । खाने कुराहरुमा पनि त्यस्तो केही समस्या छैन । पत्रपत्रिका पढ्ने , सुत्ने, अनलाइनहरु हेर्ने र आफु वसेको ठाउँ सफा गरेर दिनहरु वित्ने गरेको छ । सवै भन्दा ठुलो कुरा आत्मविश्वास नै हो । मलाइ थाहा छ मेरो आत्मविश्वासले कोरोनालाई जित्ने छु र चाडैँ नै नियमित काममा फर्कनेछु ।
