थाक्रेमा प्रथम बाल महोत्सव हुदै
थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय परिसरमा महोत्सव सञ्चालन हुने जनाइएको छ।
महोत्सवमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहने विभिन्न प्रतियोगिता तथा प्रस्तुतीकरण समावेश गरिएको छ । वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता , लोक सांस्कृतिक नृत्य प्रतियोगिता , एकल गायन प्रतियोगिता , हस्तलेखन प्रतियोगिता , बेलुन फुट, संगीत कुर्सी, गणित दौड तथा चित्रकला प्रतियोगिता लगायत आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।
