थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

थाक्रे गाउपालिककाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका का उपाध्यक्ष अम्विका रुपाखेती, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, तथा विभिन्न सघ संस्थाका प्रमुख एबम प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।


थाक्रे गाउपालिका भित्रका पूर्वि क्षेत्रका १३ ओटा विद्यालयहरुको सहभागिता रहेको दशैँ विशेष खेलकुद कार्यक्रममा चम्चा गुच्चा दौड, १०० मिटर दौड छात्र÷छात्रा, घैटो फुटाई, म्यूजिकल चियर, हिसाब दौड, बोरा दौड, लगायतका खेलकुद कार्यक्रम हरु संचालन गरिएको थियो । खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।


थाक्रे गाँउपालिका वडा नं. ८ गणिसे चौरमा भएको कार्यक्रममा नजिकिदै गरेको बडादशै , शुभदिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *