थाक्रे गाउँपालिका २ को समनटारमा शिलादेवी आधारभुत बिद्यालयको सुरूवात

Share it with you friends

राजाराम डंगोल थाक्रे 

३२ जेठ, २०७७ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ को समनटारमा शिलादेवी आधारभुत बिद्यालयको सुरूवात छ । राइ बस्ति भएको सम्मनटार गाउमा साना साना बालबालिकाहरु पढ्न जान असहज भएपछी थाक्रे गाउपालिकाले नयाँ बिध्यालयकाे सुरूवात गरेकाे हाे  ।
त्यसठाउँका बालवच्चाहरूलाइ आधारभुत शिक्षाको लागि गाउँमै बिध्यालयकाे स्थापना गनर्काे लागि स्थानियवासीहरूले पटक पटक गाउँपालिकामा अनुरोध गरेका थिए ।

यसबर्ष देखी आधारभुत तह संचालन हुने विद्यालयको आज थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाले  भैगोलिक दुरी र बालबालिकाको अवस्थालाई हेरेर गाँउमै आधारभुत विद्यालय सुरु गरेको गाृउँपालिका अध्यक्ष रामकुमार आचायर्ले बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, प्रमुख प्रसासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं. २ का अध्यक्ष राजकुमार पौडेल ,थाक्रे गाउपालिकाका शिक्षा प्रमुख अनिता खनाल लगायत स्थानियबासिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले विद्यालयमा पढने विद्यार्थीहरुलाई पालिकाको तर्फबाट विद्यालय पोशाक निशुल्क ब्यवस्था गरिने बताउनु भयो ।
आगामी दिनमा कुनै पनि बालबालिकालाई शिक्षाको उज्यालो बाट बञ्चित हुन नपरोस भन्रे उदेश्यले विद्यालय निर्माणको लागि स्थानिय रामबहादुर राई ले ४ आना तथा मान बहादुर राई ले ३ आना जग्गा दान गर्नुभएको छ ।

गाउमै विद्यालय स्थापना भएपछी स्थानियहरुले खुसी ब्यक्त गरेका नव निर्मित विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले बताउनुभयो । विद्यालयको उद्घाटन कार्यक्रममा बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

४४ वटा सामुदायिक विद्यालय रहेको थाक्रे गाउँपालिकामा शिलादेवी आधारभुत विद्यालय थप भएपछी पालिकामा सामुदायिक विद्यालयहरुको संख्या ४५ पुगेको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते