थाक्रे ३ मा साऊन ४ गतेबाट सिकाई सहजीकरण गरिने , शिक्षक बिधार्थीको ५० हजार को कोरोना बिमा हुने

Share it with you friends

२२ असार, २०७७।  धादिङको  थाक्रे गाउँपालिका वडा नम्बर ३ अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक र बिध्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको बैठक सम्पन्न भएको छ।

थाक्रे ३ का वडा अध्यक्ष अमित कुमार घलेको अध्यक्षतामा बसेको  बैठकले कोरोना भाइरस (कोभिड१९) बाट बच्नकोलागि मापदण्ड पुरा गरी साऊन ४ गतेबाट थाक्रे ३ को सम्पूर्ण बिधालयहरुमा सिकाइ सहजीकरण सुरु गर्ने निर्णय गरेको छ ।

वडाका ५ वटै बिधालयहरुमा साबुन पानीको व्यवस्था गर्ने ,सबै शिक्षक बिधार्थी हरुलाई  मास्क बितरण गर्ने , थर्मलगन बाट स्वास्थ परिक्षण गरेर मात्र बिधालय प्रबेश गराउने निर्णय गरेको छ । साथै कोरोना जोखिम अझै कायम रहेकाले सबै शिक्षक बिधार्थी र स्वास्थ कर्मीहरुको ५० हजार बराबरको कोरोना बिमा समेत वडाले गरिदिने निर्णय भएको  थाक्रे गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमित कुमार घलेले बताउनुभयो ।

साइन ४ गते बाट  बिधालयमा सबै विद्यार्थी, शिक्षक हरूलाई पनि उपस्थितिको लागि अनुरोध गरिएको बताईएको छ ।  सिकाई सहजीकरण कार्य विहान १० बजे सुरुभई दैनिक १ बजेसम्म सन्चालन हुनेछ । आधारभुत तहमा एक दिन बिराएर सहजीकरण गरिने छ।  माध्यामिक  तहमा २ दिन बिराएर तालिका अनुसार सहजीकरण गरिने  छ । शिक्षक,विद्यार्थीहरुमा स्वास्थ्य सम्बन्धी समस्या भएमा प्रत्येक हप्ता बिधालयामा स्वास्थकर्मीद्वारा स्वास्थ परिक्षण गरिने र निशुल्क एम्बुलेन्स सेवाको   समेत ब्यवस्था मिलाईएके  घलेले बताउनु भयो।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते