थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा एक कार्यक्रम विच कल्पड को शिलान्यास

थाक्रे , ८ मंसिर २०७६, धादिङको थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा आइतबार बिहान एक कार्यक्रम विच कल्पड को शिलान्यास गरिएको छ। थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले लम्बाई साडे चार मिटर चौडाइ साडे चार मिटर बनाइने पक्की कल्पड को पुजाबिधिसहित जगराख्न कोलागी बालुवा सिमेन्ट हालेर शिलान्यास गर्नु भएको हो।

कार्यक्रम मा बोल्दै अध्यक्ष आचार्य ले गाउपालिका बाट ६ लाख रुपयामा उक्त कल्पड निर्माण गर्न लागिएको बताउनु भयो कुनै पनि यस्ता काम गर्दा स्थानीय हरुको सहभगिता को कमि हुने तेसकार्यमा कति लगानी छ कस्तो काम भैरहेको छ भन्ने कुरा को जानकारी थाहा नहुने हुदा यसरी शिलान्यास गरि काम सुरु गर्दा सबै को सहभागिता पनि हुने र सबै ले तेस काम को बारेमा पनि जानकारी हुने हुदा यस्तो काम शुरु गर्न थालिएको पनि आचार्य ले बताउनु भयो

साथै आचार्य ले बिकास निर्माणका लागि कुनै ठाउमा कन्जुस्याइँ नहुने आफ्नो पालिका भित्र रहेको सडक देखि लिएर सम्पुर्ण काम सफल बनाउन आफू लागि परेको र यश कार्यक्रम मा सबैले साथ दिई सहयोग गर्न समेत आग्रह गर्नु भयो। शिलान्यास कार्यक्रम मा वडा नम्बर ९ का वडा सदस्य स्यामचन्द्र आचार्य तेस्तै अर्जुन आचार्य समाज सेवि बुद्धि जिबि स्थानीय लगायत को उपस्थिति रहेको थियो।


