दरिङाल खोलामा डुबेर दुईको मृत्यु, आक्रोसित स्थानीयले जलाए तीन स्काभेटर

Share it with you friends

२५ श्रावण, २०७६, धादिङ्ग–

खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाँट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ । मेशिनले वनाएको खाल्डोमा डुवेर दुई जनाको ज्यान गएपछि आक्रोशित त्यहाँका स्थानीयबासीले खोलामा राखिएको तीनवटा स्काभेटरमा आगजनी गरेका छन् ।

खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका वडा नम्बर ७ का १९ बर्षका भिम तामाङ र २१ बर्षका सुमन तामाङ शनिवार दिउँसो वजे तिर खोलामा डुवेका थिए । खोला गहिरो बनाएर खनेका कारण दुवै जना खाडलमा फसेर ज्यान गएको स्थानीयबासीले वताएका छन् । देख्दा देख्दै दुई जना युवाको अकालमा ज्यान गएपछि आक्रोशित हुन पुगेका स्थानीयले तीनवटा स्काभेटरमा आगजनी गरेका छन । अबैध दोहनमा संलग्न भएकाहरु माथि कारवाही र खोलामा धराप वनाएर सर्वसाधरणको ज्यान गएको घटनाको छानविन गरि दोषि माथि उचित दण्ड सजायँ र मृतकका आश्रित परिवारलाई क्षतीपुर्तिको माग राख्दै स्थानीयले खोलाबाट शव निकाल्न दिएका छैनन । स्थानीयले पटक पटक खोलामा मेशिन नलगाउन दवाव दिंदै आएपनि बालुवा तस्करहरुले रातीको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आईरहेको स्थानीयबासीले भनाईं छ ।

यस अघि दरियाँल खोलामा गैर कानूनी ढंगबाट सञ्चालन गरिएका तीन वटा मेशिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । जिल्ला समन्वय समितिले एउटा मेशिनलाई ५० हजार जरिवाना गरेको भएपनि अरु मेशिन भने स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा जरिवाना नभई छुटेका थिए ।

एक साता अघि यहाँका स्थानीयले सदरमुकाम धादिङबेसी पुगेरै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई भेटेर खोलामा मेशिन लगाउन रोकिदिन आग्रह समेत गरेका थिए । घटनाको जानकारी आएपछि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित भिडले खोलामा रहेका सबै मेशिन जलाउने चेतावनी दिएपछि थप क्षती हुन नदिन इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा