दशैंको बेलामा प्याजको कालोबजारी शुरु, लुकाएर राखेको २ सय बोरा प्याज कालिमाटीबाट बरामद

Share it with you friends

१४ असोज २०७६ ।

सोमबार कालिमाटी स्थित तरकारी बजारबाट कालोबजारीका लागि व्यापारीले लुकाएर राखेको २ सय बोरा प्याज बरामद भएसँगै प्याजको कालोबजारी सुरु हुन थालेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चारवटा टोलीले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गर्दा उक्त परिमाणको प्याज बरामद भएको थियो ।

बजार अनुगमनका क्रममा व्यापारीहरुले अत्याधिक मुल्य बढाएको र प्याज लुकाएको भेटिएपछि कालिमाटीका तरकारी व्यापारीसँग विभागले स्पष्टिकरण समेत सोधेको छ। केही दिनयता नेपाली बजारमा प्याजको मूल्य लगातार बढिरहेको छ । आइतबार भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा यसको प्रभाव समेत देखिएको छ ।

काठमाडौंका व्यापारीले सोमबार नै प्याजको खुद्र मूल्यमा प्रतिकिलो न्यूनतम रु ३० बढाएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार रु. १०५ प्रतिकिलो विक्री गरेको थियो तर सोमबार प्याजको मूल्य प्रतिकिलो रु. १३५ तोकिएको थियो ।

भारतमा यसवर्ष प्याजको उत्पादन घटेको र त्यही कारण मूल्य चर्किंदै गएपछि उसले प्याज निर्यातमा रोक लगाएको हो ।नेपालमा खपत हुने ९५ प्रतिशत बन्दा बढी प्याज भारतबाट आउँछ ।

नेपालमा भारतबाट मात्र वार्षिक रु. २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ। चाडपर्वको मुखमा प्याजको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्याज प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य झण्डै दोब्बर भएको छ। चाडबाडका बेला प्याजको चरम अभाव हुने समेत देखिएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते