देउवाको जिकिर- पौडेल पक्षले नै अन्तरघातीलाई कारबाहि गर्न दिएन

Share it with you friends

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि गम्भीर आरोप लगाएका छन् । देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका हुन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघको आइतबार राजधानीमा आयोजिक कार्यक्रममा सम्बोधन गर्दै देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको प्रष्टीकरण दिए । उनले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको स्पष्ट पारे ।

कांग्रेसले चुनाव हार्नुको अर्को कारणको रुपमा उनले एमाले र माओवादीबीच भएको एकतालाई पनि अगाडि सारे । उनले भने, ‘एमाले-माओवादी एकताले पनि हामीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु पर्‍यो ।’ उनले दुई कम्युनिष्टको एकतालाई चुनौतीको रुपमा लिएर पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने तर्क अगाडि सारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *