देउवा र सिंहको बाझाबाझा, सभापति नै रिसले उठेपछि बिग्रियो माहोल

Share it with you friends

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच बाझाबाझ भएको छ ।

मर्यादा क्रममा विवाद बढ्दै जाँदा बैठकमा नै सभापति देउवा र सिंहको बाझाबाझा भएको हो । बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो । पूर्व महामन्त्री प्रकाशमान सिंहले तीब्र असन्तुष्टी जनाउँदै विरोध गरेपछि देउवाले हकारे । जवाफमा सिंहले पनि कड्कीएका थिए ।

सभापति समेत रहेका देउवाले आक्रोशित हुँदै जुरुक्क उठेपछि बैठकको माहोल गरमागरम भएको थियो । सभापति जस्तो भएर यसरी आक्रोशित हुन नहुने भन्दै अन्य नेताले थुमथुमाए पछि तात्तिएको माहोल केहि सेलायो । मर्यादा क्रमको विषयमा फेरि पनि छलफल गरौँ भन्दै सहमति गरे पछि बैठकको वातावरण शान्त भएको थियो ।

शुक्रबारदेखि सुरु बैठक आज आइतबार भने बसेको छैन । आइतबार चैते दशैं र रामनवमी पर्व परेकाले बैठक नबसेको हो । सोमबार फेरि मर्यादाक्रमकै विषयबाट बैठक सुरु हुने एक नेताले बताए । कांग्रेसमा वरियताको विवाद यस अघि पनि देखिएको थियो । विवाद साम्य पार्न भन्दै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वमा समिति समेत गठन गरिएको थियो । तर विना कुनै जानकारी बैठकमा एक्कासी श्रेष्ठको नाम पदाधिकारीपछिको पहिलो नम्बरमा राख्न प्रस्ताव गरेपछि विवाद बढेको हो ।

एउटा नेतालाई मात्रै प्राथमिकता दिँदै निर्णय गरेको भन्दै सिंह र कृष्णप्रसाद सिटौला पक्षले तीब्र असन्तुष्टि जनाएको छ । श्रेष्ठले भने रामचन्द्र पौडेलपछिको वरीयताक्रम दाबी गर्दै १३औं महाधिवेशनपछि केन्द्रीय समिति बैठकहरूमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् । गुट र उपगुटमा झेलिएकै कारण पार्टी दुर्गन्धित भएको कार्याकर्ताको गुनासो छ ।

Seen 10:48

Chat conversation end
  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते