देशभर सामान्य बदलीको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान।

Share it with you friends

२०७६ भदौ १८। बुधबार-   बुधबार देशैभर सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली)  नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मौसमविद् कँडेलका अनुसार बुधबार केही ठाउँमा केही समय घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । बुधबार राति धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । पहाडी भूभागमा पहिरो र नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना भएकाले हिँडडुल गर्दा सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ १८  गते बुधबार
दिउँसो : देशभरी सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

राति : देशभर सामान्य बदली रही पश्चिम तथा मध्यका अधिकांश र पूर्वका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

भदौ १९ गते बिहिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भदौ २० गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै ठाउँमा  मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते