दैनिक एक कचौरा दही खाँदा हुने १० फाइदाहरु केके छन् ?

Share it with you friends

दही तपाईं हामीमध्ये धेरैको फेवरेट खानेकुरा ! यतिमात्रै नभएर दहीको महत्व धेरै छ । कुनै पनि शुभकाम वा यात्रा अघि दही सगुनको रुपमा खुवाउने प्रचलन छ, यसले सो काममा सफलता दिलाउने र शुभ हुने मान्यता रहिआएको छ ।
यतिमात्रै नभएर दही स्वास्थ्यका लागि पनि बहुउपयोगी छ । यसमा केही यस्ता रासायनिक पदार्थ हुन्छन्, जसका कारण दूधको तुलनामा दही छिट्टै पच्छ पनि । जसलाई पेटका कैयौ समस्यालाई दूर गर्छ । विशेषगरी पाचन शक्ति बढाउँछ । खाना राम्ररी पच्न थालेपछि भोक पनि समयमै लाग्छ । यसमा प्रोटीन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी जस्ता पोशकतत्व पाइन्छ । दाँत र हड्डी मजवुद् बनाउने क्याल्सियमको मात्रा दहीमा दूधको तुलनामा १८ गुणा बढि हुन्छ ।

१. पाचन शक्ति बढाउन

दहीको नियमित सेवन शरीरका लागि अमृत समान छ । यसले रगतको कमी र कमजोरीलाई पनि कम गर्न सक्छ । दूधले जब दहीको रुप लिन्छ, तब त्यो अम्लमा बदलिन्छ । यसले पाचनमा मद्दत पुर्याउँछ । जसलाई भोक कम लाग्छ, उसलाई दहीले निकै फाइदा गर्छ । त्यसैले पनि पाटी तथा सेमिनारहरुमा डेजर्टको रुपमा दहीको प्रयोग बढि हुन्छ ।

२. पेटको गडबडी रोक्छ

दही वा लस्सीको सेवनबाट पेट पोल्ने तथा पेटमा गडबड हुने सम्भावना कम हुन्छ । दहीलाई चामलमा मिसाएर पनि खान सकिन्छ । यस्तै सिंधे नुन दहीमा मिसाएर खानु पेटका अन्य समयस्याहरुका लागि पनि उपयोगी छ ।

३. मुटुको रोगका लागि पनि फाइदाजनक

अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले आंतको रोगलाई समेत फाइदा पुर्याउँछ । यस्तै दहीले मुटुरोग, हाई ब्लड प्रेसर नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । यसले कोलेस्ट्रोल बढ्नबाट रोक्ने र मुटुको धडकनलाई स्वभाविक अवस्थामा ल्याउन पनि सहयोग पुर्याउँछ ।

४. हड्डीको मजबुती

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ । यसले हड्डीको विकासमा सघाउँछ । साथै दाँतलाई मजवुद् बनाउन पनि यसले भूमिका खेल्छ । यसले मांसपेसीलाई सही ढंगले काम गर्न पनि सघाउँछ ।

५. तौल बढ्न मद्त गर्छ

दूब्ला पातला व्यक्तिहरुलाई यदि दहीमा किसमिस, बदाम, छोकोडा मिसाएर खान दिएमा वजन बढ्न थाल्छ । दहीको सेवले शरीरमा रहेको अनावश्यक बोसोलाई पनि हटाउन सक्छ ।

६. सौन्दर्य

दही शरीरमा लगाएर नुहाएमा छाला कोमल र सुन्दर बन्दछ । यसमा कागतिको रस मिसाएर अनुहार, गर्दन, जस्ता अंगहरुमा लगाउँदा सुन्दरतामा निखारता आउँछ । साथै दहीको लस्सीमा मह मिसाएर खाएमा सुन्दरता बढ्न थाल्छ ।

७. कपालको सुन्दरता

दही या तरले कपाल धोएमा कपाललाई सुन्दर र आकर्षक बनाउन सहयोग पुग्छ । यसका लागि नुहाउनु अघि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्ने हुन्छ । त्यसको केही समय पछि कपाल धुँदा कपालको सुख्खापन निख्रिन्छ ।

८. पसिनाको दुर्गन्ध हटाउन

दहीमा बेसनको मिश्रणले शरीरमा मालिस गर्नुस् । त्यसको केही बेरपछि नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध कम हुँदै जान्छ ।

९. बच्चाको दाँत निकाल्न

भर्खरै दाँत आउन लागेका बच्चालाई दहीमा मह मिसाएर चटाउनुस् । यसले दात सजिलै निस्कन मद्दत गर्छ ।

१०. अनिद्रा हटाउन

रातमा निद्रा नलागरेर चिन्दामा हुनुहुन्छ भने पनि दही वा तरको नियमित सेवनले अनिद्राको समस्या बिस्तारै कम हुँदै जान्छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा