दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका चार वटा मतदान स्थलका १० वटा मतदान केन्द्रमा रहेका आठ हजार ५१६ मतदातामध्ये चार हजार ३०१ मत खसेको छ ।
तामाकोसी गाउँपालिका –३ हेल्थ पोस्ट केन्द्रमा एक हजार ४४३ मध्ये ८३०, वैतेश्वर गाउँपालिका –३ जनज्योति माध्यमिक विद्यालय केन्द्रमा दुई हजार ६६५ मध्ये एक हजार ३०२, वडा नम्बर २ कालिढुङगा मावि केन्द्रमा एक हजार ९३६ मध्ये ९३५ र वडा ६ को वैतेश्वर मावि केन्द्रमा दुई हजार ४७२ मध्ये एक हजार २३४ मत खसेको छ । मतपेटिका सङ्कलन भएलगत्तै सर्वदलीय बैठक बोलाई मत गणना थालिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखामा शान्तिपूर्ण मतदान ः ५० प्रतिशत मत खस्यो
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply