दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु ।

Share it with you friends


महादेवबेशी । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ र ११ मा रहेको महादेवबेशीमा बजारमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा थाक्रे युवा सामाजको सह आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा महिलाहरुले पञ्चेबाजा बजाएर सबैको ध्यान केन्द्रीत गरेका थियो । महिलाहरुल पञ्चेबाजा बजाएर महादेबेशी बजार परिक्रमा गरी महोत्सवमा उद्घाटन स्थल प्रवेश गरीएको थियो । प्रदेश ३ का आन्तरीक मामिला तथा कानुन मन्त्री शालीकराम जमकटेलले उद्घाटन गर्नु भएको मेला यहि २२ गते सम्म चल्ने छ ।

मेलाको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलले उद्योग ब्यबसाय र आर्थिक कारोवारको रुपमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । उहाँले सिमित उदेश्यले सुरु गरिएको महोत्सवमा आफु तथा समग्र पार्टी सहयोग गर्न प्रतिबद्ध हरेको भन्दै सफलताको शुभकामना दिनुभयो ।

 

महोत्सव आयोजक समितिका अध्यक्ष तारा थापाको अध्यक्षतामा भएको कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमेख बाल कृष्ण आचार्य, नेकपा नेता नेत्र राज पौडेल, कृष्ण पन्त, दिपक लामिछाने,विजय बुर्लाकोटी, उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न प्रायोजक तथा सह प्रायोजकका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि महिला समुह तथा युवा समाजका व्यति, पत्रकार लगायतको सहभागिता रहेको थियो । महोत्सवमा औद्योगिक व्यापार सँग सम्बन्धित स्टलहरु सहित १ सय १५ स्टल रहेका छन् । स्थानिय प्रतिभा प्रदर्शन, बालउद्यान तथा रमाइलो मेलाका खेल सामाग्रीहरु, उँट , मयुरको नाच मुख्य आकर्षणका रुपमा रहेका छन् । राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुती र विभिन्न भेषभुषाका झाँकी प्रदर्शन हुने आयोजकले जनाएको छ । मेलाका लागि बजार पनि सजावट गरिएको छ ।

  • Related Posts

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 24 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध