धादिङको केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न ।

Share it with you friends


राजाराम डंगोल केवलपुर, पौष २३ । धादिङ थाक्रे गाउपालिका वडा नं. ९ केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न भएको छ । नेपाल स्काउट धादिङको सहयोग तथा थाक्रे गाँउपालिकाको आयोजनामा भएको कार्यक्रम आज सम्पन्न भएको हो । थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य को अध्यक्षतामा समापन भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाक्रे गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, नेपाल स्काउट धादिङका आयूक्त विनोदमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी धादिङका सभापती सिताराम कोइराला थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।


पौष १८ गते देखी पौष २३ गते सम्म संचालन भएको तालिमको विषयमा कार्यक्रमका प्रमुख अतिथी भण्डारी ले सत्कर्म, कर्तब्यनिष्ठ, अनुसासित तथा राष्ट्रप्रेमी जनशक्ति उत्पादनमा नेपाल स्काउटको भुमिका उल्लेख्य रहेको बताउनु भयो साथै उहाँले आजको विद्यार्थी समुहलाई दुब्र्यसनीबाट छुटकारा दिलाउन तथा राजनितिक पूर्वाग्रह बाट पनि बाहिर निकाल्नको लागि प्रत्येक विद्यालयमा स्काउट गठन गरी स्काउट शिक्षक उत्पादन गर्नुपर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउपालिकालाई नमुना बनाउन आफुले सदैव सबैको हितमा कार्य गर्ने बताउनु भयो । साथै उहाले थाक्रेको निति तथा कार्यक्रम बनाईरहदा असल विद्यार्थी उत्पादन गर्न प्रेरित भई बजेट विनियोजन गरेको बताउनु भयो । नेपाल स्काउट संग कार्यान्वय गरी थाक्रे गाउपालिकाका सबै विद्यालयमा पनि स्काउटका विभिन्न खाले कार्यक्रम पनि संचालन गरिने पनि बताउनु भयो ।

फोटो फिचर

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते