धादिङ । गजुरी गाउँपालीका १ शिद्धेश्वर मन्दिर परिसरबाट प्रहरीले आज विहान चे चार किलो ग्राम अबैध सुन सहित तिन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरीले सुराकीको आधारमा गल्छीबाट गजुरीतर्फ जादै गरेको बा ८७ प ७७३१ र नम्बर–३ ०२–००३ प २५४० नम्वरको पल्सर मोटर साईकललाई चेक जाँच गर्नेक्रममा सुन बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा रसुवा जिल्ला उत्तरगया गाउँपालीका–३ बस्ने वर्ष २७ को संन्जित वाईबा, नुवाकोट तारकेश्वर गाउँपालीका वडा नं–५ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङ्ग र २४ वर्षको विकाश तामाङ्ग रहेका छन् । उनिहरुको साथबाट एक एक किलो ग्रामको चार ओटा सुनको विष्कुट फेला परेको थियो । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तीकाे खोजी कार्य भईरहेको र तीन जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धादिङ चलान गरिएको छ ।

धादिङको गजुरीमा चार किलो सुन सहित तिन युवा पक्राउ
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply