धादिङको गजुरीमा पनि देखियो कोरोना
धादिङ जिल्लाको गजुरी गाँउ पालिकामा रहेका ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित महिला गजुरी गाँउपालिका भित्रकै क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो ।
याे सगैं धादिङमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ ।
केही अघि मात्रै नीकलण्ठ नगरपालिकाकाे १६ जनामा काेराेना पुष्टि भएकाे थियाे । यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।
धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।
