धादिङको थाक्रेमा आगलागीबाट २ घर नष्ट ।

Share it with you friends


राजाराम डंगोल मुलखोला धादिङ ,चैत्र २५ । धादिङको थाक्रे गाउँ पालिका वडा नं. ५ मुलखोलामा आज बिहान दुई घर आगलागी भएको छ ।
बच्चाले घरको चुलो मा आगो बाल्ने क्रममा घर आगलागी भएको हो । आगलागीबाट स्थानिय कुमार थिङ र दुर्गा बहादुर थिङ को घर पुर्ण रुपमा जलेर क्षती भएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा अन्न पात लगायत घरमा रहेको सम्पुर्ण बस्तु जलेर नष्ट भएको छ । आगलागी बाट करिब ८ लाख बराबर को क्षती भएको पीडित थिङ ले बताउनु भएको छ ।

आगलागी भएको घटना थाहापाए लगत्तै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य थाक्रे गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशब प्याकुरेल तथा वडा नम्बर ५ का भुमी बहादुर तामाङ लगायतका ब्यक्तित्वहरु घटनास्थलमा पुग्नु भएको थियो । घटनास्थलको अवलोकन पछि अध्यक्ष आचार्यले घटना प्रती आफु पनि दुखि भएको भन्दै ती दुई आगलागी पीडितका लागि तत्कालका लागि खान, बस्न र त्रिपाल किन्नको लागि थाक्रे गाउपालिका बाट पीडित दुई परिवार लाई रु १० हजार रुपैया हस्तान्तरण गर्दै पिडितका लागि राहत तथा पुर्नस्थापनाको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *