धादिङको थाक्रे गाउँ पालिकाका मा समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ ।

२१ भदौ, २०७६, थाक्रे- धादिङको थाक्रे गाउपालिका ६ महदेवबेशीमा शुक्रबार समृद्धिका लागि सहयात्रा रेडियो कार्यक्रम को शुभारम्भ गरिएको छ। समृद्ध थाक्रे ,सुखी थाक्रे वासी भन्ने नाराका साथ गाउँ पालिकाका निति,कार्यक्रम तथा योजना ,बजेट एबम कर्यान्वयनको अबस्था का बारेमा जनताका जिज्ञासा, गुनासा, सुझाव एवं धारणा लगायतका विषय समेटिने जनतासंग अध्यक्ष रेडियो कार्यक्रम एक कार्यक्रम विच शुभारम्भ गरिएको हो।थाक्रे गाउपालिका को आयोजना मा भएको कृषि रेडियो १०१.५ मेगाहर्ज ले उत्पादन गर्ने छ भने रेडियो राजमार्ग र रेडियो मान्खुले समेत प्रसारण गर्नेछन् ।

यो कार्यक्रम ले थाक्रे का भिभिन्न भुभाग मा रहेका मानिस हरुले आफ्नो स्थानमा कस्ता कस्ता कामहरु भैरहेको छ भन्ने जानकारी पाऊनेछन् ।त्यसका साथै विकास निर्माण को कामका साथै गाउँ पालिकाको निति,कार्यक्रम तथा योजना ,बजेट एबम कर्यान्वयनको अबस्था के कस्तो छ भन्ने विषयमा थाक्रे गाउपालिका भित्रका वासिले सहजै थाहा पाउनेछन् ।

यो कार्यक्रम हरेक महिनाको पहिलो शुक्रबार बेलुकी ७ बजे देखि ७:३० सम्म पालिका अध्यक्ष संग प्रत्यक्ष थाक्रेका जनताले आफ्ना कुरा राख्न सक्नु हुन्छ भने अरु शुक्रवार थाक्रे का विभिन्न भुभागमा भैरहेका विभिन्न बिकास निर्माण जनताका जिज्ञासा राय लगायत विभिन्न गतिविधि हरु समेटिने छन । थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य को अध्यक्षतामा शुभारम्भ गरिएको उक्त कार्यक्रममा पालिकाका उप प्रमुख अम्बिका रुपाखेती ,पालिका को निमित्त प्रमुख प्रसासकिय अधिकृत शेस्कान्त पौडेल,नेपाल पत्रकार महासंघ का अध्यक्ष नबराज छत्कुली , पाटी प्रतिनिधि, वडा अध्यक्ष, वडासद्स्य र बिभिन्न बिधालय का प्र अ हरु संघ सस्थाका प्रतिनिधि हरु लगाएत को उपस्थिति रहेको थियो ।



