धादिङको थाक्रे ८ गणिशेचौर खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Share it with you friends

राजाराम डंगोल,
९ असोज २०७६,

धार्के-  धादिङको थाक्रे गाउपालिकाको वडा नम्बर ८ मा रहेको गणिशे चौर खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका पृर्वी भेगीय विद्यालयको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा १६ वटा विद्यालयको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रममा पृर्वी भेगीया आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागीता रहेको थियो । बुधबार भएको साँस्कृतिक कार्यक्रममा गु्रप नृत्य, एकल नृत्य, हिसाब दौड, म्युजिकल चेयर्स, चम्चा मा गुच्चा दौड प्रतियोगीता भएको थियो ।


म्युजिकल चेयर्स प्रतियोगीतामा महाङकालेश्वरी मा. वि. का एलेक्स लामा प्रथम, जनता आधारभूत विद्यालयका यूनिक थोकर दितिय, ज्योती माध्यमिक विद्यायलका अविरल रेग्मी तृतिय भएका छन भने चम्चा गुच्चा दौडमा हरिहर भोजकुमारी माध्यमिक विद्यायलका मनिष परियार प्रथम, सरस्वती आधारभूत विद्यालयका मनिष मगर दितिय ,कालिका माध्यमिक विद्यालयका सचिन भुजेल तृतिय भएका छन । त्यस्तै, हिसाब दौडमा बाघभैरब आधारभूत विद्यालयका सुबर्ण सुबेदीले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।


एकल नृत्यको १ कक्षा देखि ५ कक्षा सम्ममा सेतिदेवि माध्यामिक विद्यालय प्रथम, उडुवा देवि आधारभूत विद्यालय द्धितीय र केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालय तृतीय भएका छन। ६ कक्षा देखि १२ कक्षा सम्मको एकल नृत्यमा ज्योती माध्यमिक विद्यालय प्रथम , सेतिदेवि माध्यमिक विद्यालय दितिय, महाङकालेश्वरी माध्यमिक विद्यालय तृतिय स्थान हुन सफल भएका छन।

त्यसै गरी विद्यालयको सामुहिक नृत्यको १ देखि ५ कक्षा सम्मको प्रतियोगीतामा ज्योती माध्यमिक विद्यालय प्रथम ,उडुवा देवि माध्यमिक विद्यालय दितिय र जनता आधारभुत विद्यालय तृतिय भएका छन भने कक्षा ६ देखि १२ सम्मको सामुहिक नृत्यमा ज्योति माध्यमिक विद्यालय प्रथम, लिति महाङकाल माध्यमिक विद्यालय द्धितीय र महाङकालेश्वरी माध्यमिक विद्यालय तृतिय भएको छ ।


प्रमुख अतिथी एबम् थाक्रे गाउपालिका अध्यक्ष रामकुमार आचार्य ले कार्यक्रम मा बोल्दै आफ्नो थाक्रेमा एति धेरै प्रतिभा भएको र आगामी दिन हरुमा यी प्रतिभा हरुलाइ के पालिका ले सहयोग गर्नुपर्नी हो सहयोग गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि एबम गाउपालिका का उपाध्यक्ष अम्बिका रुपाखेतीले पालिका भित्र जति पनी प्रतिभा हरु छन जुन कुनै प्रतिभा हरुलाइ थाक्रेले सम्मान गर्ने र आवश्यक सम्पुर्ण कुरामा पालिकाले सहयोग गर्ने बताउनु भयो। प्रतियोगीतामा प्रथम ,द्धितिय र तृतीय हुने विद्यालय र विद्यार्थीलाई ट्रफि प्रमाण प्रत्र प्रदान गर्नु हुदै अध्यक्ष आचार्य र उपाध्यक्ष रुपाखेतीले दशैं तिहार र छठ पर्वको सबै थाक्रे बासिहरुलाई शुभकामना समेत दिनुभएको थियो ।


कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर ८ का वडा अध्यक्ष केशव प्याकुरेल ,वडा नम्बर ७ का वडा अध्यक्ष राम कुमार बस्नेत, वडा नम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने विभिन्न विद्यालयका प्र.अ.तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूको एक हजार भन्दा बढी को उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको कृषि रेडियो १०१.५ मेगाहर्ज र रेडियो मान्खु ९१.१ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेका थिए ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा